डेडिकेटेड ट्रंक लाइन विवादले उत्पादनमूलक कम्पनीको शेयरमा दबाब, यही मौकामा 'एक्युमुलेट' गर्दै


डेडिकेटेड ट्रंक लाइन विवादले उत्पादनमूलक कम्पनीको शेयरमा दबाब, यही मौकामा 'एक्युमुलेट' गर्दै

सुवास निरौला

डेडिकेटेड ट्रंक लाइनको विवाद फेरि ब्युँतिएको छ। नेपाल बिद्युत् प्राधिकरणले तीन उत्पादनमूलक कम्पनीको बिजुली काटे सँगै विवाद पुन ब्युँतिएको हो।

प्राधिकरणले मंगलबार रिलायन्स स्पिनिङ मिल्स, अर्घाखाँची सिमेन्ट र घोराही सिमेन्टको बिजुली काट्यो। यस अघि प्राधिकरणले असार ९ मा १५ दिनभित्र डेडिकेटेड र ट्रंकलाइनको बक्यौता तिर्न भन्दै ६१ उद्योगलाई पत्र काटेको थियो ।

मंगलबार नै उद्योगीहरूले पत्रकार सम्मेलन गर्दै नेपाल बिद्युत् प्राधिकरणले उद्योगी माथि दादागिरी गरेको आरोप लगाए। अझै उनीहरूले डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा गठित न्यायिक आयोगको सिफारिस कार्यान्वयन नगरेको आरोप लगाए।

Read More
  • SBL