विदेशी मुद्रा सञ्चिति ११ महिनामा ३ अर्ब डलर भन्दा धेरैले बढ्यो


  • Shangrila Ads
  • ADBL
विदेशी मुद्रा सञ्चिति ११ महिनामा ३ अर्ब डलर भन्दा धेरैले बढ्यो

काठमाडौं : मुलुकको विदेशी मुद्रा सञ्चिति ११ महिनामा ३ अर्ब १ करोड डलरले वृद्धि भएको छ । २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड अमेरिकी डलर रहेको विदेशी मुद्रा सञ्चिति २०८१ जेठ मसान्तमा ३ अर्ब १ करोड अर्थात २५.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड डलर पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । 

नेपाली रुपैयाँका आधारमा भने २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी मुद्रा सञ्चिति २७.८ प्रतिशतले वृद्धि भई गत जेठ मसान्तमा १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुगेको हो । चालु आर्थिक वर्षको ११ महिनाको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात धान्न पर्याप्त देखिन्छ । 

Read More
  • KBL Ad