१४ खर्ब ५३ अर्बको वस्तु आयात ,चीनतर्फको निर्यात ५७.७ % ले वृद्धि


  • Shangrila Ads
  • ADBL
१४ खर्ब ५३ अर्बको वस्तु आयात ,चीनतर्फको निर्यात ५७.७ % ले वृद्धि

काठमाडौं । चालू वर्षको ११ महिनामा आयात १.८ प्रतिशतले र निर्यात ३ प्रतिशतले घटेको छ ।नेपाल राष्ट्र बैंकले चालू वर्षको ११ महिनामा आयात र निर्यात नै घटेको जनाएको छ । तथ्यांकअनुसार कूल वस्तु निर्यात ३ प्रतिशतले घटेर १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा नेपालको निर्यात २२.७ प्रतिशलते घटेको थियो ।

यस अवधिमा भारततर्फको निर्यातमा ४.५ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात ५७.७ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी,अन्य मुलुकतर्फको निर्यातमा १.७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पिना,जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक,लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल,सोयाविन तेल, ऊनी गलैचा, ब्रान्स, चिया लगायतका वस्तुको निर्यात घटेको छ ।

Read More
  • KBL Ad