अनुमति पाएको १४ दिनमै रिलायन्स स्पिनिङको आईपीओ निष्कासन रद्द


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
अनुमति पाएको १४ दिनमै रिलायन्स स्पिनिङको आईपीओ निष्कासन रद्द

नेपाल धितोपत्र बोर्डले आफूले निर्णय गरेको १४ दिनमा नै रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रद्द गरेको छ ।

बुक विल्डिङ विधिमार्फत सार्वजनिक निष्कासनका लागि अनुमति दिएसँगै सर्बत्र प्रश्न उठेपछि धितोपत्र बोर्डले बुधबारको निर्णय अनुसार आईपीओ रद्द गरेको हो । कम्पनीले बिहीबारबाट नै पहिलो चरणमा बैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको थियो ।

तर यसबारे मंगलबार सार्वजनिक लेखा समितिले एउटा पत्रमार्फत पाँच वटा प्रश्नको जवाफ दिन धितोपत्र बोर्डलाई सात दिन भित्र भनेको थियो । जसका कारण धितोत्रप बोर्डले आईपीओ नै रद्द गर्ने निर्णय गरेको हो । 

Read More
  • KBL Ad