एनएमबि बैंकको एटीएम मेसिन फुटाउन खोज्ने एक जना पक्राउ


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनएमबि बैंकको एटीएम मेसिन फुटाउन खोज्ने एक जना पक्राउ

एनएमबि बैंकको एटीएम फुटाउन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिका–५ जिरो किलोमा रहेको एटीएम फुटाउन खोज्ने धादिङको सिद्धलेक गाउँपालिका–३ घर भएका २३ वर्षीय रुपेश नेपाली पक्राउ परेका हुन् ।

नेपालीले मंगलबार दिउँसो साढे २ बजेको समयमा जिरो किलोस्थित एनएमबी बैंकको एटीएम मेसिन फुटाएर रकम चोर्न खोजेका थिए । तर रकम चोरी गर्न नपाउँदै प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका नेपालीविरुद्ध कास्की जिल्ला अदालतबाट चोरीको उद्योगमा म्याद थपेर अनुसन्धान अगाडि बढाइएकाे छ।

Read More
  • MBL - below news