कांग्रेसले नै गिरीबन्धु टि-स्टेटको ७० बिघा जग्गा कमिसन खाएर बेच्यो : ओली


  • Shangrila Ads
  • ADBL
कांग्रेसले नै गिरीबन्धु टि-स्टेटको ७० बिघा जग्गा कमिसन खाएर बेच्यो : ओली

काठमाडौँ — सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टि-स्टेटको जमिन कांग्रेसले नै कमिसन खाएर बेच्न दिएको आरोप लगाएका छन् । पछिल्लो समय ओली प्रधानमन्त्री हुँदा भएको टि स्टेटकको जग्गा ब्रिक्री गर्ने सम्बन्धमा भएको निर्णयमाथि एमाले नेतृत्वलाई प्रश्न उठिरहेका बेला ओलीले भने कांग्रेसलाई नै आरोप लगाएका हुन् ।

एमाले संसदीय दलको बुधबारको बैठकमा सम्बोधन गर्दै कांग्रेसले टिस्टेटबारे उठाइरहेको कुरा 'बकबास' रहेको उल्लेख गरे । ‘म भन्न चाहन्छु–५१ बिघा र १९ बिघा गरेर ७० बिघा जमिन त्यही गिरीबन्धु टि स्टेटको कमिसन खाएको बेच्न दिएको कुरा । यसमा छानबिन हुनुपर्छ । अब हामी नेपाली कांग्रेसले बकबास बोलिरहने र हामी चुप लागेर सुनिरहने होइन ।'

Read More
  • KBL Ad