५० करोडसम्मका वैदेशिक लगानी ‘स्वचालित रुट’ प्रणाली सुरु गरेको छः प्रधानमन्त्री


  • Laxmi Sunrise Bank Ad
  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
५० करोडसम्मका वैदेशिक लगानी ‘स्वचालित रुट’ प्रणाली सुरु गरेको छः प्रधानमन्त्री

काठमाडौं, जेठ २ गते । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले ५० करोड रुपियाँसम्मका प्रत्यक्ष वैदेशिक लगानी आवेदनका लागि ‘स्वचालित रुट’ प्रणाली सुरु गरेको बताउनुभएको छ । बुधवार काठमाडौंमा नेपाल–युरोपियन युनियन सम्बन्धको ५० औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

यो सुरुवातसँगै  नेपालमा व्यवस्थापकीय दक्षता र पुँजी भित्रिने विश्वास व्यक्त गर्नुभयो । उहाँले दिगो विकासको मान्यतामा सरकारले वातावरणीय रूपमा दिगो र आर्थिक रूपमा व्यावहारिक हरित अर्थव्यवस्था पहलहरूलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले नवीकरणीय ऊर्जा परियोजना, दिगो कृषि अभ्यास र नयाँ प्रविधिहरू अन्वेषण गरिरहेको बताउनुभयो । उहाँले नेपालले पेरिस सम्झौताप्रति सधैँ आफ्नो प्रतिबद्धता व्यक्त गरेको बताउनुभयो ।

Read More
  • EBL