काठमाडौं । बुधबार उद्योग वाणिज्य महासंघले अर्थमन्त्री बर्षमान पुनलाई बजेट निमार्णका लागि आवश्यक सुझावहरु पेश गरेका छन् । उक्त सुझाव दिने क्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिस्तृत रुपमा आफ्ना लिखित सुझावहरु पेश गरेका हुन् ।
विगतमा वर्षहरुमा पनि महासंघले यसरी नै आफ्ना सुझावहरु पेश गर्दै आएको छ । यस्तो छ महासंघका अध्यक्ष ढकालले दिएको सुझावहरु
कोभिडपछि तिव्र विस्तार भएको नेपाली अर्थतन्त्र दुई बर्षयता विशेषगरि आन्तरिक माग संकुचन भएका कारण शिथील छ । अर्थतन्त्रको तिव्र विस्तार रोक्न अपनाइएका नीतिका कारण वाह्य क्षेत्र हालसम्मकै सहज अवस्थामा रहेपनि अर्थतन्त्र चलायमान हुन सकेको छैन । पछिल्लो तथ्यांक अनुसार उत्पादन र निर्माण क्षेत्र नकारात्मक छ । जसका कारण यस बर्षपनि आर्थिक वृद्धि दर चार प्रतिशतभन्दा कमै हुने देखिएको छ । उत्पादनमूलक क्षेत्रको हिस्सा अर्थतन्त्रमा ४.८ प्रतिशतमा सिमित भएको छ ।