सुनसरी l लुम्बिनी विकास बैंक लिमिटेड हरिनगराको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । हरिनगरा क्षेत्रका स्थानीय महिलाहरुलाई लक्षित गरी बैंकले उक्त कार्यक्रम सञ्चालन गरेको थियो ।
कार्यक्रममा ६० जना भन्दा बढी स्थानीय महिलाहरुको सहभागिता रहेको थियो । बैंकिङ एवं वित्तीय क्षेत्रका विभिन्न सेवा सुविधाहरूबारे सूचना प्राप्त गर्न पाएको हुँदा कार्यक्रम उपलब्धिमूलक रहेको जानकारी सहभागीहरूले दिएका थिए ।