३० चैत, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीविरूद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मद्दा दायर गरेको छ ।
किर्ते (वनावटी) सदस्य बनाई विना धितो कर्जा दिएको, ऋणीबाट असुली भएको सावा तथा व्याज रकम असुली नदेखाई जग्गा खरिदमा प्रयोग गरेको र पशु कर्जा/धितो कर्जा दिंदा कमिशन खाएको भन्दै अख्तियारले संस्थाका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीमाथि हानी नोक्सानी गरेको अभियोग लगाएको हो ।