बनेपा स्थित केन्द्रिय कार्यालय रहेको नेरुडे मिर्मिरे लघुबित्त वित्तिय संस्थाले ११ लाख बढी दाबी रकम भुक्तानी दिएको छ । शाखा कार्यालय हसुलियाले बीमा दाबी रकम ११ लाख पच्चिस हजार २ सय ५९ रुपैया भुक्तानी गरेको छ ।
शाखा कार्यालय हसुलियाको केन्द्र न. ७८ पबेरा मिर्मिरे ब्यावसायिक समुहमा आबद्ध सदस्य शिशिर चौधरीको मृत्यु पश्चात कर्जाको म्यादी जीबन बीमा बापत मृतकको श्रीमती मोनिका चौधरीलाई बीमांक तथा क्रिया खर्च वापतको उक्त रकम भुक्तानी गरेको हो ।







