स्टक ब्रोकर र नाफिजको संयुक्त आयोजनामा पूँजी बजार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न


Mero Lagani 2076-3-27


Mero Lagani

स्टक ब्रोकर एशोसिएशन र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को संयुक्त आयोजनामा पूँजी बजार सम्बन्धी एक दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । काठमाडौंको कमलपोखरीमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा मार्जिन कारोबार तथा ब्रोकर कम्पनीहरुको काम र कमिशनको विषयमा छलफल भएको थियो। 

कार्यक्रममा ब्रोकरहरुले सुरु गर्न लागेको मार्जिन कारोबारको बारेमा स्टक ब्रोकर एशोसिएशनका पूर्व अध्यक्ष प्रियराज रेग्मीले कार्यपत्र प्रस्तुत गर्दै प्रष्ट पारेका थिए। यो कारोबार सुरु गर्नका लागि सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा राफसाफ भण्डारनका लागि आवश्यक पूर्वाधारहरु थप गर्न प्रस्ताव भए बमोजिम काम भईरहेको पूर्व अध्यक्ष रेग्मीले जानकारी गराए।

Read More
  • Financial Notices