ग्लोबल आइएमई क्यापिटल लि.को निष्काशन तथा बिक्री प्रबन्धकत्व तथा एनआइएमबि एस क्यापिटल लि. र प्रभु क्यापिटल लि. को सह–निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सर्वोत्तम सिमेन्ट लिमिटेडको जारी पूँजी रु.४,६५,००,००,०००।– को १२.९०३३ प्रतिशतले हुन आउने रु.६०,००,००,०००।०० बराबरको प्रति शेयर अंकित मुल्य रु. १००।०० दरको ६०,००,००० कित्ता शेयरको ४० प्रतिशत अर्थात २४,००,००० कित्ता शेयर बुक बिल्डिङ्ग विधि अन्तर्गत बोलकबोल प्रणालीमार्फत योग्य संस्थागत लगानीकर्ताहरुलाई पहिलो चरणमा निष्काशन गरी बाँडफाँट गर्दा सम्पूर्ण शेयर रु. ४०१।०० मा बिक्री भई कट अफ मुल्य रु.४०१।०० कायम भएको र तत्पश्चात् दोस्रो चरणमा उक्त कट अफ मुल्यमा १० प्रतिशत छुट दिई प्रति शेयर रु. ३६०।९० को दरमा बाँकि रहेको ६० प्रतिशत अर्थात् ३६,००,००० कित्ता शेयरमध्ये २,६७,००० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहिरहेका नेपाली नागरिक र ९,३०,००० कित्ता शेयर परासी (नवलपरासी बर्दघाट सुस्ता पश्चिम) र पाल्पा जिल्लाका उद्योग तथा खानी उत्खनन क्षेत्रमा बसोबास गर्ने स्थानिय बासिन्दाहरुको लागि निष्कासन गरिएकोमा बैदेशिक रोजगारीमा रहिरहेका नेपाली नागरिकको लागि निष्काशित शेयर सम्पूर्ण रुपमा बिक्री भई बाँडफाँट गरिसकिएको छ भने उद्योग तथा खानी उत्खनन क्षेत्रका बासिन्दाको लागि बिक्री खुल्ला गरिएको शेयरमध्ये जम्मा २,४८,४७० कित्ता शेयर बिक्री भएकोले बाँकि रहेको ६,८१,५३० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरिने शेयरमा थप गरी निष्कासन गर्ने गरी उद्योग तथा खानी उत्खनन क्षेत्रका बासिन्दालाई माग बमोजिम बाँडफाँट गरिसकिएको छ ।
यसरी तेस्रो चरणमा उक्त बाँकि रहेको ६,८१,५३० कित्ता शेयर समेत सर्वसाधारणमा निष्काशन गरिने शेयरमा थप गरी सो को ५ प्रतिशत अर्थात १,५४,२२७ कित्ता शेयर सामुहिक लगानी कोष र ५ प्रतिशत अर्थात् १,५४,२२७ कित्ता शेयर कम्पनीका कर्मचारीलाई सुरक्षित गरी बाँकि रहेको २७,७६,०७६ कित्ता शेयर बुक बिल्डिङ निर्देशिका, २०७७ को दफा (१६) को उपदफा (१) मा रहेको व्यवस्था अनुसार सर्वसाधारणले धितोपत्र खरीदका लागि आवेदन दिने न्यूनतम् ५० कित्ता तथा अधिकतममा १०,००० कित्तासम्म आवेदन दिन पाउने गरी प्रति शेयर मूल्य रु.३६०।९० को दरमा मिति २०८०/११/१३ गतेदेखि मिति २०८०/११/१६ गतेसम्म सिडिएस एण्ड क्लियरिङ्ग लि.को सि–आस्वा प्रणाली मार्फत निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा ९,५९,८९७ जना आवेदक (९,६०,३०१ वटा आवेदन मार्फत) हरुबाट ५,०६,१३,३६० कित्ता शेयर बराबर रु.१८,२६,६३,६१,६२४।०० (अक्षरेपी अठार अर्ब छब्बीस करोड त्रिसठ्ठी लाख एकसठ्ठी हजार छ सय चौबीस मात्र) को माग भई आवश्यक भन्दा १८.२३ गुणा बढी आवेदन प्राप्त भएको छ ।
तोकिएको समयावधिभित्र प्राप्त आवेदनहरुको आवश्यक रुजु तथा भेरिफिकेसन गर्दा दोहोरो आवेदन दिने ४०४ जना (८०८ वटा आवेदनमार्फत), यस अघि निष्कासन गरिएको शेयरमा आवेदन गरी बाँडफाँटमा पर्न सफल लगानीकर्तामध्ये बैदेशिक रोजगारीमा रहिरहेका नेपाली नागरिक ३८९ जना, उद्योग तथा खानी उत्खनन प्रभावित क्षेत्रका स्थानीय बासिन्दा १२६ जना, कम्पनीका कर्मचारी १२ जना र सम्बन्धित आस्वा बैंक वित्तीय संस्थाको अनुरोध अनुसार रद्द गरिएका २ जना एवंं कम्पनीका संस्थापक शेयरधनी ५ जना समेत गरी जम्मा ९३८ जना आवेदकले १,३४२ वटा आवेदन मार्फत आवेदन गरेको रु.२,७०,८५,५४५।– बराबरको ७५,०५० कित्ता शेयर धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ बमोजिम बाँडफाँटमा समावेश नगरी रद्द गरिएको छ ।
यसरी रीतपूर्वक आवेदन दिनु हुने ९,५८,९५९ जना आवेदकहरुले आवेदन गरेको रु.१८,२३,९२,७६,०७९।–(अक्षरेपी अठार अर्ब तेईस करोड बयानब्बे लाख छयत्तर हजार उनासी मात्र) बराबरको ५,०५,३८,३१० कित्ता शेयर न्यूनतम ५० कित्ताको दरले बाँडफाँट गर्ने गरी बाँडफाँटको तालिका तयार गरी सोही अनुसार न्युनतम ५० कित्तादेखि अधिकतम ५,००० कित्तासम्म माग गर्ने ९,५८,९५९ जना आवेदकमध्ये ५५,५२१ जना आवेदकहरुलाई ५० कित्ताका दरले २७,७६,०५० कित्ता शेयर र बाँकि रहेको २६ कित्ता शेयरको हकमा ६० कित्तादेखि ५,००० कित्तासम्म माग गर्ने लगानीकर्तामध्ये बाँडफाँटमा पर्न सफल २६ जना लगानीकर्तालाई थप एक (१) कित्ताका दरले २६ कित्ता गरी जम्मा २७,७६,०७६ कित्ता शेयर आज मिति २०८०/११/२५ गते शुक्रबारको दिन निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लि.को रजिष्ट्रर्ड कार्यालय, नक्साल, काठमाण्डौंमा धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ र बुक विल्डिङ निर्देशिका, २०७७ बमोजिम गोलाप्रथा विधि मार्फत बाँडफाँट गर्ने कार्य सफलतापूर्वक सम्पन्न गरिएको छ ।
नेपालको मर्चेण्ट बैंकिङ्ग ईतिहासमा बुक विल्डिङ्ग विधि मार्फत पहिलोपटक निष्काशन गरिएको सर्बोत्तम सिमेन्ट लि.को सर्वसाधारणतर्फको धितोपत्र निष्काशनमा चार (४) कार्य दिनको छोटो समयमा उल्लेख्य सहभागिता जनाउनु भई धितोपत्र निष्काशनको कार्यलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण लगानीकर्ता महानुभावहरु तथा ब्क्द्यब् सदस्य बैंक तथा वित्तीय संस्थाहरु, शुभेच्छुकहरु, सञ्चारकर्मी मित्रहरु एवं सरोकारवाला सबै पक्षलाई निष्काशन तथा बिक्री प्रबन्धक, सह–निष्काशन तथा बिक्री प्रबन्धकहरु र निष्काशनकर्ता कम्पनीका तर्फबाट हार्दिक अभार व्यक्त गर्दै आगामी दिनमा पनि यहाँहरुको यस्तै सहयोग र सद्भाव रहिरहने अपेक्षा सहित सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
उक्त बाँडफाँटको नतिजा निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लि.को वेभसाइट www.globalimecapital.com, सह–निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लि.को वेभसाइट www.nimbacecapital.com र सह–निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लि.को वेभसाइट www.prabhucapital.com तथा निष्काशनकर्ता कम्पनी सर्वोत्तम सिमेन्ट लि.को वेभसाइट www.sarbottamcement.com र सिडिएस एण्ड क्लियरिङ्ग लि. को वेभसाइट www.iporesult.cdsc.com.np मा राखिएको व्यहोरा समेत जानकारी गराइन्छ ।