पानीपोखरीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
पानीपोखरीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले काठमाडौंको पानीपोखरीमा नयाँ शाखा विस्तार गरेको छ।

बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३ मा सोमबारदेखि पानीपोखरी शाखा सञ्चालनमा ल्याएको हो।

यो शाखा समेत गरी बैंकको शाखा संख्या २७० पुगेको छ। नयाँ शाखाबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू सुरू भएको बैंकको भनाइ छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले नयाँ शाखाको उद्घाटन गरे।

Read More
  • MBL - below news