फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
आर्थिक वर्ष २०७९/८० का लागि कम्पनीले दिएको ७.५ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । कम्पनीले ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश घोषणा गरेको थियो । यस अनुसार अब कम्पनीको थप ८ लाख ६० हजार ८०९.४६ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ ।