काठमाडौँ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीसँग एक्युजिसन (गाभिएको) हुनुभन्दा अघिको ज्योति लाइफ इन्स्योरेन्सको नाफा जगेडा कोषमा राखिने भएको छ । तत्कालीन ज्योति लाइफ इन्स्योरेन्स सूर्या लाइफ इन्स्योरेन्ससँग गाभिई गत वर्ष २०७९ पुस ७ गतेदेखि एकीकृत कारोबारमा गएका थिए ।
गत आर्थिक वर्षको पुस मसान्तसम्मको आर्थिक गतिविधि नाफा–नोक्सान हिसाब खाताबाट कम्पनीले केही नाफा आर्जन गरेकोमा उक्त नाफा एकीकृत कारोबार पछिको सूर्य ज्योति लाइफ इन्स्योरेन्सको जगेडा कोषमा राखिने भएको हो ।