किन राष्ट्र बैंकको कारबाहीमा पर्यो नारायणी डेभलपमेन्ट बैंक


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
किन राष्ट्र बैंकको कारबाहीमा पर्यो नारायणी डेभलपमेन्ट बैंक

नियम विपरित काम गर्ने, निर्देशन नमान्ने नारायणी डेभलपमेण्ड बैंकलाई राष्ट्र बैंकले कारवाहि गरेको छ।

बैंकले २०८० साउन देखि असोजसम्मको अवधिमा पहिलो पटक पीओथ्री दोस्रो पटक पीओफोर र तेस्रो पटक पीओ फाइभ मा नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेको हुँदा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ४७ तथा यस बैंकबाट जारी इ.प्रा. निर्देशन नं. १३/०८० को बुँदा नं १ को उपबुँदा ३, ४ र ५ र इ.प्रा. निर्देशन नं। २१/८० को बुँदा नं. ७ (संशोधन समेत) मा भएको ब्यवस्था बमोजिम संस्थालाई १२ हजार ८४६ रुपैयाँ नगद जरिवाना गराइएको जनाइएको छ ।

यस्तै बैंकले कर्जा–निक्षेप अनुपात २०८० साउनमा पहिलो पटक र भदौमा दोस्रो पटक राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन, २०८० को निर्देशन नं. ५ को बुँदा नं. ६ को उपबुँदा नं ९६० मा तोकिएको अधिकतम ९० प्रतिशतको सीमाभन्दा बढी रहेको पाएपछि २ लाख ४१ हजार ९२४ रुपैयाँ हर्जना लगाइएको छ ।

नेपाल राष्ट्र बैंकको नियम विपरित काम गर्ने, निर्देशन नमान्नेमा नारायणी बैंक सहित मुक्तिनाथ विकास र सप्तकोशि डेभलपमेण्ड बैंकलाई राष्ट्र बैंक रहेका छन्र। त्यस्तै राष्ट्र बैंकको कारवाहिमा पर्नेमा फाइनान्स कम्पनीहरु प्रोगेशिभ फाइनान्स, गुडविल फाइनान्स र गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेड पनि रहेका छन् ।