हिमालयन लघुवित्तद्वारा ऋण मिनाहा तथा बीमा दाबी रकम भुक्तानी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
 हिमालयन लघुवित्तद्वारा ऋण मिनाहा तथा बीमा दाबी रकम भुक्तानी

काठमाडौं। हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सुम्नाबेशी, सिन्धुलीले बिमा दावी रकम भुक्तानी गरेको छ । रामेछाप जिल्ला रामेछाप नगरपालिका वडा नं.७, बृता निवासी सदस्य जमुना श्रेष्ठको मृत्यु पश्चात निज सदस्यको श्रीमान रधुनाथ श्रेष्ठलाई बिमाको क्षतिपुर्ति रकम उपलब्ध गराएको हो ।

सदस्य जमुना श्रेष्ठले संस्थाबाट दुई लाख ५० हजार रुपैयाँ कर्जा लिएकोमा सदस्यको मृत्यु पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरी कर्जा बिमा अन्तर्गत सदस्यको मृत्यु पश्चात दिइने काजक्रिया खर्च २५ हजार रुपैयाँ तथा तिरेको किस्ता रकम ७५ हजार एक सय समेत फिर्ता गरी जम्मा रकम एक लाख एक सय निज सदस्यको श्रीमान रधुनाथ श्रेष्ठलाई एकमुष्ट भुक्तानी गरिएको कुरा संस्थाका शाखा प्रबन्धक सरोज श्रेष्ठले बताए ।

Read More
  • MBL - below news