फुङ्लिङ् नगरपालिका परिसरमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
फुङ्लिङ् नगरपालिका परिसरमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखा अन्तर्गत रहनेगरी माघ २२ गते सोमबारदेखि फुङ्लिङ् नगरपालिका परिसरमा बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ । उक्त एक्टेन्सन काउन्टर फुङ्लिङ् नगरपालिकाका उप मेयर भिमा देवि ओझाले  उद्घाटन गरेकी हुन् ।

कार्यक्रमको अध्यक्षता नेपाल बैंक लिमिटेड, कोशी प्रादेशिक कार्यालय प्रमुख, सुर्य प्रकाश भट्टले गरेका थिए । बैंकका अनुसार उक्त एक्टेन्सन काउन्टरबाट ग्राहकको खाता सञ्चालन, चेक सटही, रकम डिपोजिट, मोबाइल तथा डिजिटल बैकिंग लगायतका विभिन्न बैकिंग सेवाहरु उपलब्ध हुनेछन् ।

Read More
  • EBL Ad news