एनआईसी एशिया लघुवित्तद्धारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनआईसी एशिया लघुवित्तद्धारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

एन.आई.सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ महिनामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका शाखाहरु (बेथरी, पडसरी, सिसहनिया, ओखरकोट, ठाकुरद्घारा, बाँसगढी र सुलिचौर) मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोष अन्तर्गत सो कार्यक्रमहरु सम्पन्न गरेको जनाएको छ।

हालको विषय परिस्थितिलाई मध्यनजर गरी स्थानीय जन प्रतिनिधी, भद्र भलाद्मीहरुको उपस्थितिमा, संस्थामा आवद्ध सदस्यहरु तथा गैर सदस्यहरुलाई दैनिक आम्दानी तथा खर्चको विश्लेषण, वित्तीय सेवा सम्बन्धी ज्ञान, भविष्यको लागि बचतको आवश्यकता, बचत गर्ने तरिका, कर्जाको सही सदुपयोगिता गर्ने तरिका, व्यवसाय व्यवस्थापन जस्ता विषयहरु समेटेर कार्यक्रमहरु संचालन गरिएको कम्पनीले उल्लेख गरेको छ ।

Read More
  • MBL - below news