काठमाडौं। हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मकवानपुरगढी, मकवानपुरले बिमा दावी रकम भुक्तानी गरेको छ । मकवानपुर जिल्ला हेटौँडा वडा नं.६,बारुते टोलमा रहेको ब्यक्तिगत सदस्य सानुबाबु सार्कीको श्रीमती शारदा सुर्खेतीको मृत्यु पश्चात निज सदस्यलाई बिमाको क्षतिपुर्ति रकम उपलब्ध गराएको हो ।
सदस्य सानुबाबु सार्कीले संस्थाबाट ५ लाख कर्जा लिएकोमा सदस्यको श्रीमतीको मृत्यु पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरी कर्जा बिमा अन्तर्गत श्रीमतीको मृत्यु पश्चात दिइने काजक्रिया खर्च रु.२५ हजार तथा तिरेको किस्ता रकम ५० हजार समेत फिर्ता गरी जम्मा रकम ७५ हजार निज सदस्य सानुबाबु सार्कीलाई एकमुष्ट भुक्तानी गरिएको कुरा संस्थाका शाखा प्रबन्धक सम्माना कार्कीले बाताईन् ।