मुक्का हानेर एनएमबी बैंककाे एटीएम फुटाउने काेशिस गरेपछि एक जना पक्राउ


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
मुक्का हानेर एनएमबी बैंककाे एटीएम फुटाउने काेशिस गरेपछि एक जना पक्राउ

एनएमबी बैंककाे एटीएम फुटाउने काेशिस गरेपछि प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ। पोखरास्थित वडा नं ८ मा रहेको एनएमबी बैंककाे एटीएम फुटाउने प्रयास गरेकाे आरोपमा २७ वर्षीय राजकुमार भनिने टीकाराम पौडेल पक्राउ परेका हुन्  । 

माछापुच्छ्रे गाउँपालिका घर भएका पाैडेल हाल पोखरा १७ विरौटा बस्दै आएका छन् । प्रहरीका अनुसार बैंकको एटीएम मेसिनबाट पैसा चोरी गर्नका लागि हातले मुक्का हानेका थिए । साेहि क्रममा एटीएम तोडफोड गर्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएकाे हाे ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएका टोलीले पाैडेललाई नियन्त्रणमा लिएको हो । पौडेललाई कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा ७ दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको छ ।

Read More