काठमाडौं । माउन्टेन ग्लोरी लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४० लाख कित्ता सेयर जारी गर्ने भएको हो ।
कम्पनीले आइपीओ निष्काशनका लागि एल एस क्यािपटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फबाट अध्यक्ष शुनिल भक्त श्रेष्ठ तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।