काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड प्रमुख प्रबर्द्धक रहेको, लोवर इर्खुवा हाइड्रोपावर लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । हाइड्रोपावरले जारी पुँजी १ अर्व ३० करोड ५० लाखको २१.५ प्रतिशतले हुन आउने २८ लाख ५ हजार ७ सय ५० कित्ता सेयर जारी गर्न लागेको हो ।
कम्पनीले आइपीओ जारी गर्नको लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा लोवर इर्खुवा हाइड्रोपावरको तर्फबाट प्रबन्ध संचालक विश्वेश्वर सुबेदी तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन् ।