कैलाश हेलिकप्टर सर्भिसेसले आईपीओ निष्काशन गर्नको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले आफ्नो जारी पूँजी रु.३५ करोडको १० प्रतिशत अर्थात रु.१०० अंकित दरको ३ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्नको लागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सम्झौतामा कैलाश हेलिकप्टरको तर्फबाट प्रबन्ध संचालक प्रताप जङ्ग पाण्डे तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । रु.३ करोड ५० लाख शेयर पूँजी बराबरको रु.१००÷– अंकित दरको ३,५०,००० कित्ता साधारण शेयर प्रचलित कानूनको अधिनमा रही सर्वसाधारणहरुलाई प्रिमियम मुल्यमा जारी गर्ने कम्पनीले जनाएको छ ।