ज्योति विकास बैंकको १६औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ज्योति विकास बैंकको १६औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न

ज्योति विकास बैंकको १६औं वार्षिक साधारण सभा मिति २०८० पुष २९ गते आइतबार नक्साल, काठमाडौंमा बैंकका सञ्चालक समितिका अध्यक्ष श्री हरि चन्द्र खड्काको अध्यक्षतामा सम्पन्न भएको छ। वार्षिक साधारण सभामा भौतिकका साथै अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने व्यवस्था गरे बमोजिम शेयरधनी महानुभावहरुले आफ्नो अनुकुल अनुसारको माध्यमबाट उपस्थिति जनाउनु भ​एको थियो।

उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत​ पारित गरेको छ।

साथै, साधारणसभाले ज्योति विकास बैंक लि. को सर्वसाधारण शेयरधनी समुह तर्फबाट प्रतिनिधित्व गर्ने महिला सञ्चालक पदमा श्री मन महर्जनलाई आगामी ४ वर्षको लागि निर्विरोध निर्वाचित गरेको छ। सभाले बैंकको आ.व. २०८०/८१ को लेखापरिक्षण गर्न लेखा परीक्षक नियुक्ति गर्नुको साथै बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लि. को आ.व. २०७९/८० को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ।

साधारण सभामा बैंकका अध्यक्ष श्री हरि चन्द्र खड्काले वार्षिक प्रतिवेदन संक्षिप्तमा प्रस्तुत गर्नुभएको थियो। यसैगरी सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री कपिल ढकालले समिक्षा अवधिमा बैंकले हासिल गरेका मुख्य उपलब्धीहरुको बारेमा जानकारी गराउनुभएको थियो। साथै बैंकको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमा विभिन्न सेयरधनीले आ-आफ्नो जिज्ञासा र​ सुझाव दिनुभएको थियो। सेयरधनीहरुबाट आएका उक्त जिज्ञासाको जवाफ अध्यक्ष खड्का र प्रमुख कार्यकारी अधिकृत ढकालले दिनुभएको थियो। ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । समीक्षा अवधिमा यस बैंकले नेपाल सरकारलाई राजश्वमा जम्मा रु ६२ करोड ७५ लाखको उल्लेखनीय योगदान पुर्याएको छ​। संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको छ ।

ज्योति विकास बैंकको हालको चुक्ता पूँजी रू. ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रहेको छ। बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा ATM मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

  • MBL - below news