किन डराइरहेका छन् निफ्राका शेयरधनी? संस्थापक शेयरको लक इन पिरियड खुल्ने बित्तिकै मूल्य ओरालाे लाग्ने नै हाे त?


  • KBL Ad
किन डराइरहेका छन् निफ्राका शेयरधनी? संस्थापक शेयरको लक इन पिरियड खुल्ने बित्तिकै मूल्य ओरालाे लाग्ने नै हाे त?

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को शेयर बाँडफाँट भएको झन्डै ३ वर्ष पुग्न लागेको छ। निफ्राले १ सय रुपैयाँ दरका ८ करोड कित्ता शेयर निष्काशन गर्दा १४ लाख ७५ हजार ८ सय जना आवेदनकर्ताले अधिकतम ६० कित्तासम्म शेयर पाएका थिए। निफ्राको शेयर २०७७ साल माघ १६ गते बाँडफाँट भएको थियो।

निफ्रा कारोबारमा आएको ३ वर्ष हुनै लागेको हुँदा लक इन पिरियड सकिन लागेको हल्ला सामाजिक सञ्जालमा व्यापक रुपमा उठेको छ । लक इन पिरियड खुल्ना साथ व्यापक रुपमा ‘निफ्रा’ को संस्थापक शेयरको आपूर्ति बढ्ने डरले पनि लगानीकर्ता डराइरहेका छन । वास्तवमा निफ्रा राष्ट्र बैंकले नियमन गर्ने संस्था हुँदा यसमा अरु कम्पनीमा जस्तो सबै संस्थापक शेयर साधारण शेयरमा परिणत हुँदैन । कम्पनीको साधारण सभाले पारित गरेर राष्ट्र बैंकले स्वीकृति दिएमा भने सर्वसाधारणको हिस्सा अधिकतम ४९ प्रतिशतसम्म गर्न सकिने व्यवस्था छ । अधिकांश वाणिज्य बैंकले संस्थापक र साधारण शेयरको अनुपात ५१ः४९ कायम गरेका छन् । 'निफ्राले पनि संस्थापक शेयरलाई साधारण शेयरमा परिणत गर्न चाहेमा अधिकतम ९ प्रतिशत शेयर मात्रै संस्थापकबाट साधारणमा परिणत गर्न सक्छ। यसको लागि केन्द्रीय बैंकले तोकेको प्रक्रिया पुरा गर्नुपर्छ । अहिले ३ वर्षको लक इन पिरियड खुलेपछि संस्थापक बीच मात्रै शेयर किनबेच खुल्छ । यसले दोस्रो बजारमा केही असर गर्दैन ।'- निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले भने । नेप्सेमा सूचीकृत हाइड्रोपावर, सिमेन्ट र अन्य इन्भेष्टमेन्ट कम्पनी जस्तै गरी सम्पूर्ण संस्थापक शेयर साधारणमा परिणत गर्न सकिंदैन ।

Read More
  • EBL