सानिमा बैंकको बोनस शेयर सूचीकृत


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
सानिमा बैंकको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा बैंक लिमिटेडको बोनस शेयर बुधवार सूचीकृत भएको छ । कम्पनीको १ करोड १२ लाख १४ हजार १०३ दशमलव ५५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अब यो बोनस शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

कम्पनीले कात्तिक २ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सोही सभाले करसहित ५ दशलमव ७० प्रतिशत नगद लाभांश पारित गरेको थियो । 

Read More