काठमाडौं ल्यानको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
काठमाडौं ल्यानको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

काठमाडौं । रियल इस्टेट कम्पनी काठमाडौं ल्यान प्रालिको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ । काठमाडौं ल्यानलाई ‘आइडिया टु आईपीओ’ सेवा उपलब्ध गराइरहेको क्यापिटल उसको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त भएको हो । क्यापिटलले शुक्रवार (आज) प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो । 

‘...भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानुनबमोजिम सर्वसाधारणहरूमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र काठमाडौं ल्यानबीच निष्कासन तथा विक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुई पक्षीय सम्झौता भएको छ,’ क्यापिटलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad