एभरेष्ट बैंकको एटिएम मेसिन फुटाइएकाे छ । विराटनगरस्थित एभरेष्ट बैंकको एटिएम मेसिन फुटाएर चाेरीकाे प्रयास भएकाे हाे ।
बिहीबार राति विराटनगर शाखा कार्यालय अघिको एटिएम मेसिन फुटाएर एक व्यक्तिले चोरी गर्ने काेशिस गरेका हुन् ।
ती व्यक्तिले चोरी गर्नकालागि एटिएम मेसिनको कभर फुटाएका थिए । हाल प्रहरीले ती व्यक्तिको खोजी गरिरहेकाे बताएकाे छ । बिहीबार राती उनले लठ्ठी जस्ताे साधन लिएर एटीएम मेसिन फुटाउने काेशिस गरेका थिए।
यसअघि पनि विराटनगरमा अन्य बैंकका पटकपटक एटिएम फुटाएर चाेरी गर्ने प्रयास गरिएकाे छ ।