काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले शनिबार कन्चनपुर, बोडगाउँ, कन्चन, रामापुर, गोबरैया, बेलाशपुर बान्डुसेन शाखा मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
समुदायस्तरमा रहेका सदस्यहरुलाई वित्तीय कारोवार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण गर्न, वित्तीय सेवा सम्बन्धी ज्ञान, व्यवसाय व्यवस्थापन आदि जस्ता कुराहरुमा चेतना बृद्धि भई आर्थिक व्यवस्थापनमा सहज हुने विश्वास रहेको र महिला दिदि बहिनीहरुमा र विद्यार्थी भाई बहिनी हरुमा वित्तीय चेतना अभिवृद्धि गराएको छ ।








