मर्जर र एफपीओको कर सम्बन्धि मुद्दा हारेपछि सानिमा बैंक, नेको इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकले कर तिरेका छन् ।
सानिमा बैंकले एक सूचना जारी गर्दै आर्थिक ऐन २०८० बमोजिमको विशेष व्यवस्थाको सुविधा लिई ६ करोड ५३ लाख ८९ हजार सात सय ५७ रुपैयाँ ठूला करदाताको कार्यालयमा दाखिला गरेको जनाएको छ । यसैगरी नेको इन्स्योरेन्सले चार करोड ४८ लाख १३ हजार छ सय ४७ रुपैयाँ र मुक्तिनाथ विकास बैंकले ६ करोड ९६ लाख ३० हजार छ सय २६ रुपैयाँ कर ठूला करदाताको कार्यालयमा तिरेको जानकारी दिएका छन् ।