त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको नयाँ एटीएम सञ्चालन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको नयाँ एटीएम सञ्चालन

एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पुर्याउने उद्देश्यले थप एक एटीएम सञ्चालनमा ल्याएको छ । यसै गरी, पोखरा अन्तराष्ट्रिय विमानस्थलमा समेत बैंकले नयाँ एटीएम सञ्चालनमा ल्याएको छ । 

बैंकले यसअघिदेखि नै त्रिभुवन विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा तथा अन्तराष्ट्रिय आगमन कक्षमा एटीएम सञ्चालनमा ल्याइसकेको छ । यसै गरी बैंकले रामबजार, पकाडि, सुरुङा, ड्राइभर टोल, मिर्चैया, बेलौरी, कारकाँदो, तुर्तुरे, तौलिहवा, टिकापुर, कुडिया सुस्ता, लमही, मलङ्वा, बौनिया, जीतपुर सिमरा, धुलाबारी, फुलबारीमा पनि नयाँ एटीएम सञ्चालनमा ल्याएको छ ।  

एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १६६ एटीएमहरू, १२ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।
 

  • MBL - below news