अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँड कार्य सम्पन्न


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँड कार्य सम्पन्न

नागरिक लगानी कोषको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा तथा सन्राईज क्यापिटल लिमिटेडको सह निष्काशन तथा बिक्री प्रबन्धकत्वमा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर बाँडफाँड कार्य सम्पन्न भएकाे छ ।

कम्पनीकाे एक शेयर बराबर एक शेयर (१ः१) का दरले प्रति शेयर रु.१००/- अंकित दरको १०,५९,००,०००/- कित्ता हकप्रद साधारण शेयर मिति २०८०/०५/१८ गते देखि २०८०/०६/२२ गतेसम्म साबिक शेयरधनीहरुलाई निष्काशन तथा बिक्री खुल्ला गरीएको थियो।

कुल ६,४३,२९३ जना कायम साधारण शेयरधनीहरुबाट ५,१८,९१,००० कित्ता शेयर मध्ये भौतिक तथा सिआस्वा मार्फत आवेदन दिने ३,३५,२३० जना शेयरधनीहरुबाट जम्मा ३,४८,९७,३९६.३४ कित्ता शेयरका लागि दरखास्त प्राप्त भएको थियो ।

जसमध्य १,२२२ जना शेयरधनीहरुले जम्मा २५,९२६.३४ कित्ता हकप्रद शेयरको लागि बढी माग गरेको हुँदा उक्त २५,९२६.३४ कित्ता शेयर बाँडफाँडमा समाबेश नगर्ने गरी कायम शेयरधनीहरुलाई हक अनुसार ३,४८,७१,४७० कित्ता हकप्रद शेयरको मिति २०८०/०८/२८ गते बाँडफाँड कार्य सम्पन्न गरिएको क्यापिटलले जनाएको छ ।

  • MBL - below news