स्वस्तिक लघुवित्तको गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
स्वस्तिक लघुवित्तको गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

स्वस्तिक लघुवित्तले सप्तरीको पातो शाखा मार्फत आफना सेवाग्राही, जनसमुदाय, तथा स्थानिय जनप्रतिनिधिहरुको उपस्थितीमा गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

डाक्नेश्वरी नगरपालिकाको उपमेयर मिरा देवी यादबको प्रमुख आतिथ्यमा बुधबार सम्पन्न कार्यक्रममा सोही नगरपालीकाको १ देखि १० नं. सम्मको वडाअध्यक्ष, डाक्नेश्वरी ईलाका प्रहरी कार्यालयको कार्यालय प्रमुख  शिव कुमार शर्मा तथा स्वस्तिक लघुवित्तको केन्द्रीय कार्यालयबाट सिईओ धिरेन्द्र लाल कर्ण, विभागीय प्रमुख भगवानी साह र १३५ जना स्थानियहरुको उपस्थितीमा पातो शाखाले गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको जानकारी शाखा प्रमुख संजिव कुमार यादबले दिए ।

Read More