स्वस्तिक लघुवित्तको पिपरा शाखाले सोमबार वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । सोमबार जनकपुरधाम वाड नं. ४ मा स्थित जानकी कलेज अफ म्यानेजमेन्टमा अध्ययनरत स्नातक तहका विद्यार्थीहरुको सहभागीतामा वित्तीय साक्षरता तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ ।
उक्त कार्यक्रममा सोही क्याम्पसका प्रमुख राम कुमार ठाकुर तथा स्वस्तिक लघुवित्तका विभागीय प्रमुख तोयानाथ पोखरेलको उपस्थिति रहेको पिपरा शाखाका शाखा प्रमुख राम कुमार महराले जानकारी दिए ।