एनआईसी एशिया लघुवित्तद्धारा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनआईसी एशिया लघुवित्तद्धारा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था(NICLBSL)ले बिहिवार १४ गतेदेखि सिसहनिया, छिन्चु, सिम्ली, थलह, बड्डिचौर,जुम्ला, नारायणपुर, दुर्गौली, पिपलटार,फर्पिङ, अमरगढी, भिमाद शाखा मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मंसिर महिनामा सो कार्यक्रम सम्पन्न गरेको हो । विद्यार्थीहरुमा वित्तीय चेतना अभिवृद्धि गराउने उद्देश्यले एनआईसी एशिया लघुवित्त वित्तीय सस्थाले दर्जन बढि बिद्यालयहरुका ३०० बढि विद्यार्थीलाई वित्तीय साक्षरता सम्बन्धी जानकारी दिएको हो ।

विशेष गरेर कार्यक्रमले बालबालिका एवम् युवा वर्गमा वित्तीय ज्ञान अभिवृद्धि गर्न मद्दत पुगेको संस्थाकाे विश्वास छ । यसैगरी, वित्तीय सेवा र पहुँचको अवसरबाट वञ्चित दुर्गम ग्रामीण क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण र वित्तीय कारोबारबारे अनविज्ञ बिद्यार्थीहरुलाई केन्द्र बिन्दुमा राख्नु मूल कर्तव्य ठानेर बालबालिकाहरुमा विद्यालय तहमै वित्तीय प्रणालीको आधारभूत ज्ञान हासिल गराउने मूल उद्धेश्य यस कार्यक्रमले राखेको छ । आउँदा दिनहरुमा यो कार्यक्रम थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । यस संस्थाकाे हाल २८९ ओटा शाखा संचालनमा रहेको छ ।

Read More
  • MBL - below news