स्वावलम्बन लघुवित्तको सेयरमूल्य समायोजन भएको छ ।
लघुवित्तको १२.३५९९ प्रतिशत बोनस सेयर आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो । समायोजित मूल्य अनुसार भोलि कम्पनीको कारोबार प्रति सेयर ६४०.८९ रुपैयाँमा खुल्नेछ । आज उक्त लघुवित्तको अन्तिम कारोबार ७२०.१० रुपैयाँमा भएको थियो ।