लाइफ ईन्स्योरेन्स कर्पोरेशन सीइओको तलव १ करोड ६० लाख, घरको पनि व्यवस्था


  • Shangrila Ads
  • ADBL
लाइफ ईन्स्योरेन्स कर्पोरेशन सीइओको तलव १ करोड ६० लाख, घरको पनि व्यवस्था

आर्थिक वर्ष २०७८/०७९ मा लाइफ ईन्स्योरेन्स कर्पोरेशन  (नेपाल) ले प्रमुख कार्यकारी अधिकृत(सीईओ) लाई तलव भत्ता वापत एक करोड ५९ लाख ३१ हजार ३३९ रुपैयाँ भुक्तान गरेको छ । कम्पनीका तत्कालिन सीईओ एलपी दासले तलव भत्ता वापत उक्त रकम बुझेका हुन् । 

त्यसैगरी, सो अवधिमा उप प्रमुख कार्यकारी अधिकृतले तलव भत्ता वापत एक करोड ४५ लाख ४२ हजार २४६ रुपैयाँ बुझेको कम्पनीले उल्लेख गरेको छ । यसैगरी प्रमुख प्राविधिक अधिकृत संजीव अग्रवालले एक करोड ३२ लाख ८६ हजार ७६४ रुपैयाँ बुझेका हुन् । 

Read More
  • KBL Ad