मंसिर १८ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड (USLB) को एफपीओ सूचीकृत भएको छ।
यस दिन लघुवित्तको १ लाख ७८ हजार ४५१.१८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।
लघुवित्तले कात्तिक २१ गतेदेखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१.१८ कित्ता एफपीओ निष्काशन गरेको थियो। सो एफपीओ मंसिर ८ गते बाँडफाँट भएको थियो।








