नेपाल बैंकले विनाशकारी भूकम्प प्रभावितलाई राहत वितरण गर्ने उद्देश्यले ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, बालुवाटारमा आज आयोजित एक कार्यक्रममा ५० लाख रुपैयाँकोे चेक प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरे ।
कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्ला केन्द«बिन्दु भएर गत कार्तिक १७ गते मध्यरात गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुग्न गएकोमा भूकम्पबाट प्रभावित समुदायलाई आर्थिक सहयोग उपलब्ध गराई बैंकको तर्फबाट सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग गरेको हो ।







