उन्नति सहकार्य लघुवित्तको एफपिओ शुक्रबार बाँडफाँड हुने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
उन्नति सहकार्य लघुवित्तको एफपिओ शुक्रबार बाँडफाँड हुने

उन्नति सहकार्य लघुवित्तको एफपिओ शुक्रबार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीको एफिपिओ शुक्रबार बिहान बाँडफाँड गर्ने तयारी गरिएको छ।

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक २१ गतेदेखि कात्तिक २४ गतेसम्म सर्वसाधारणमा एफपिओ बिक्री गरेको थियो। कम्पनीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो।

साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त गाभिएपश्चात बनेको उन्नति सहकार्य लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत रहेको थियो। सोही पूँजी संरचना ऐन अनुसार कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो।

लघुवित्तले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१।१८ कित्ता शेयर निष्काशन गरेको थियो। सोहि शेयर शुक्रबार बाँडफाँड गर्न लागेको हो।

Read More
  • MBL - below news