मोबाइल बैंकिङ्गबाट कारोबार गर्दा असफल भएर खाताबाट पैसा काटे पनि एक दिनभित्रै पैसा फिर्ता आउने


  • City Express
  • NMB Bank Ad
  • Laxmi Sunrise Bank Ad
  • Shangrila Ad
मोबाइल बैंकिङ्गबाट कारोबार गर्दा असफल भएर खाताबाट पैसा काटे पनि एक दिनभित्रै पैसा फिर्ता आउने

दूरसञ्चार सञ्जालमार्फत मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, इ–मनी (विद्युतीय) वालेट लगायतको माध्यमबाट कारोबार गर्दा कहिलेकाँहि कारोबार असफल भएर बैंक खाताबाट पैसा काटिने गरेको छ। यसरी काटिएकाे पैसा अब बैंकले एक दिनमा नै फिर्ता गर्नुपर्ने भएको छ।

इस्युअर र एक्वाइरर् एउटै संस्था भएमा मनासिब कारण बाहेक कारोबार भएको अर्को दिनसम्म पैसा फिता दिनुपर्ने छ भने फरक फरक संस्था भई दुवै नेपाली संस्था भएमा बढीमा कारोबार भएको ३ दिनभित्र भित्र र इस्युअर र एक्वाइरर् फरक फरक संस्था भई कुनै एक विदेशी संस्था भएमा बढीमा कारोबार भएको ३० दिनभित्र पैसा फिर्ता गर्नुपर्ने छ।

Read More
  • KBL
  • Nabil Bank Ad