काठमाडौं : भारतीय रुपैयाँ (भारु) हालसम्मकै न्यून विन्दुमा बन्द भएको छ । सोमबार भारु अमेरिकी डलरको तुलना ९ पैसाले घटेर हालसम्मकै कमजोर ८३.३५ रुपैयाँमा बन्द भएको हो । विदेशी विनिमय बजारमा सोमबार भारुको कारोबार १ डलर बराबर ८३.२५ मा खुला भएको थियो । कारोबार बन्द हुँदा १ डलर बराबर ८३.३५ रुपैयाँ पुगेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।