भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माण र पुनःस्थापनाका लागि युनिलिभर नेपालको १ करोड सहयोग


  • City Express
  • NMB Bank Ad
  • Laxmi Sunrise Bank Ad
  • Shangrila Ad
भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माण र पुनःस्थापनाका लागि युनिलिभर नेपालको १ करोड सहयोग

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माण र पुनःस्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा एक करोड रुपैयाँ सहयोग गरेको छ । 

कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् । 

गत कात्तिक १७ गते गएको जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पका कारण १५७ जनाको ज्यान गएको थियो । भूकम्पका कारण थुप्रै घरहरू क्षतिग्रस्त भएका छन् ।

Read More
  • KBL
  • Nabil Bank Ad