ट्विचका सह–संस्थापक एम्मेट सियरले ओपनएआईको नयाँ प्रमुख कार्यकारी (सिइओ) का रूपमा आफ्नो नियुक्ति पुष्टि गरेका छन् । एआई फर्मले साम अल्टम्यानलाई सिइओबाट बर्खास्त गरेको केही दिनपछि सोमबार सियरले आफ्नो नियुक्ति पुष्टि गरेका हुन् ।
“आज मलाई एउटा फोन आयो, फोनमा मलाई ओपनएआईको अन्तरिम सिइओ बन्नका लागि जीवनमा एक पटक प्राप्त हुने अवसरमाथि विचार गर्नका लागि आमन्त्रण गरियो, मेरो परिवारसँग परामर्श गरेपछि र केही घन्टासम्म विचार गरेपछि मैले उक्त पद स्वीकार गरेँ”, उनले सामाजिक सञ्जाल एक्समा भनेका छन् ।