नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशन २०८० जारी गर्दै एउटै संस्थाभित्र एटिएमलगायत विद्युतीय कारोबार गर्दा कारोबार सम्पन्न नभई पैसा काटिए टि+१ दिनभित्र राफसाफ गरिसक्नुपर्ने नियम ल्याएको छ ।
बैंकका अनुसार अब देखि इस्स्युअर र एक्वाएरर एउटै संस्था रहेको अवस्थामा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एसएमएस बैंकिङ, इ-मनी वालेट, आइभिआरएस, युएसएसडि लगायतका सेवाबाट कारोबार सम्पन्न नभई खाताबाट रकम काटिएमा कारोबार भएको अर्को दिनभित्र फोर्स सेटलमेन्ट गरिसक्नुपर्नेछ । यसै गरि यस्ता कारोबार गरिँदा इस्स्युअर र एक्वाएरर फरक फरक तर दुवै नेपालकै संस्था भएका बढीमा टि+३ दिनभित्र फोर्स सेटलमेन्ट गरिसक्नुपर्नेछ ।