चेम्बर अफ कमर्स र चिनियाँ राजदूतबीच छलफल, व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह


  • City Express
  • NMB Bank Ad
  • Laxmi Sunrise Bank Ad
  • Shangrila Ad
चेम्बर अफ कमर्स र चिनियाँ राजदूतबीच छलफल, व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरण गरिदिन चिनियाँ राजदूत समक्ष आग्रह गरेको छ । मुख्य व्यापारिक साझेदार चीनसँगको सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरणका लागि चेम्बरले आग्रह गरेको हो ।

काठमाडौँको जमलस्थित भवनमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहित पदाधिकारी र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्गबीच दुई मुलुकको व्यापार, लगानी, एवं पर्यटन क्षेत्रमा सहकार्य गर्ने सम्वन्धमा सोमबार छलफल भएको हो ।भेटवार्तामा अध्यक्ष मल्लले चीन नेपालको मुख्य व्यापारिक साझेदारी राष्ट्र भएको उल्लेख गरेका छन् ।

Read More
  • KBL
  • Nabil Bank Ad