काठमाडौं : तिहार र छठ विदापछि खुलेको सेयर बजारमा झिनो सुधार भएको छ । सोमबार नेप्से सूचक १.३९ विन्दुले बढेर १८५३.४८ अंकमा आएको छ । २ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा करिब १ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन १३ मध्ये ९ वटा समूहका सूचक सकारात्मक बनेका छन् ।
पछिल्ला दिनहरुमा सेयर बजार सुधारका लागि क्रमशः वातावरण बन्दै गएको देखिन्छ । मुख्य कु्रा अर्थतन्त्रमा सुधार हुन थालेको छ । बाह्य अर्थतन्त्रका सूचकहरु मजुबत भइसकेका छन् भने आन्तरिक अर्थतन्त्रका सूचकहरु पनि सबल बन्दै जान थालेका छन् । बजेट खर्च पनि हुन थालेको छ ।