नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ।
यसै अवसरमा बैंकले आफ्नो प्रमुख कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा एक सय ५० जना रक्तदाताले सहभागिता जनाएका थिए।
८७ औं वर्षमा प्रवेश गर्दै बैंकले आफ्नो सम्पूर्ण ग्राहक, समन्वयकर्ता एवम् सहयोगीहरूप्रति कृतज्ञता व्यक्त गरेको छ।
नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक हो। विसं १९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपाल बैंकको उद्घाटन तत्कालिन राजा त्रिभुवन बीर विक्रम शाहले गरेका थिए। भारतीय रूपैयाँको दबदवा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंकले ठूलो भूमिका खेलेको छ।








